दुबईबाट आधा किलो सुनको प्याड लगाएर नेपाल आउने भक्तपुरकी कविता विमानस्थलबाट पक्राउ

Breaknlinks
Breaknlinks

प्याडमा सुन लुकाएर ल्याउने भक्तपुरकी कविता श्रेष्ठलाई विमानस्थल प्रहरीले पक्राउ गरेको छ।

दुबईबाट काठमाडौँ आएकी श्रेष्ठले लगाएको प्याडमा सुन लुकाएर ल्याएको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिइएको हो।

श्रेष्ठले लामो समयदेखि भिजिट भिसामा दुबई पुगेर सुन ल्याउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार करिब २ महिनाअघि उनी भिजिट भिसामा उनी काठमाडौंबाट दुबई पुगेकी थिइन्।



विमानस्थलको ‘सेटिङ’ भत्काउन प्रहरी अप्रेशन, कर्मचारी र बिचौलियाको रुवाबासी 

साढे दुई करोड हत्याउन नक्कली बिहेदेखि योजनाबद्ध हत्यासम्म,अत्यमा सबै सपना चकनाचुर



विमानस्थल अध्यागमनका कर्मचारीसँग सेटिङ गरी उनी सुन ओसार्नकै लागि दुबई जाने गरेको स्रोतले जनाएको छ। प्रहरीका अनुसार उनी २५ पटकभन्दा बढी सुन ओसार्नकै लागि दुबई आउजाउ गरिसकेकी छन्।

विभिन्न जुक्ति लगाएर कविताले तस्करीको सुन नेपाल भित्रायाउने गरेको उनको विगतको ट्याग रेकर्डबाट खुलेको छ। यसअघि स्रिक्री र बाला बनाएर सुन ल्याउने गरेको कविताले प्रहरीलाई बताएकी छन्।



१ अर्बको हेरोइन बोकेर नेपाल छिरेका सात अफ्रिकन महिला काठमाडौंमा समातिए

आफ्नै फोटो फेसबुकमा राख्दा आर्यालाई परेको फसाद...



सरकारले पछिल्लो समय विदेशबाट सबै खाले गरगहना ल्याउन प्रतिबन्ध लगाएपछि कविताले प्याडमा सुन लुकाएर ल्याउने गरेको बताएकी छन्। यसरी ल्याएको सुन भारतसम्मै पुर्याउने गरेको कविताले प्रहरीसमक्ष बताएकी छन्।

सुनसहित पक्राउ परेकी कवितालाई आवश्यक अनुन्धान गरी भन्सारमा बुझाउने विमानस्थल प्रहरी प्रमुख डिआईजी श्याम ज्ञावलीले बताए।

विमानस्थल प्रहरीले सुरक्षा तैनाथी बढाएसँगै तस्करीको सुन बरामद बढेको छ। प्रहरीको आँखा छल्न तस्करले विभिन्न जुक्ति लगाएपछि प्रहरीले उनीहरुलाई चक्मा दिँदै त्यसरी ल्याएको सुन बरामद गर्दै आएको छ।

तस्करले पछिल्लो समयमा विमानस्थलबाट अध्यागमनका कर्मचारीसँग मिलेर सुन बोक्ने भरियालाई भिजिट भिषामा दुबई पठाउने गरेका छन्।

स्रोतका अनुसार तस्करले भन्सारका कर्मचारीसँग सेटिङ गरी सुन ल्याउने गरेका छन्। तर सेटिङमार्फत सुन ल्याउँदा प्रहरीले पक्राउ गरेमा आफूहरु जिम्मेवार नहुने भन्दै उनीहरुले तस्करसँग त्यहीअनुसारको सहमति गरेको स्रोतको दाबी छ।

‘भन्सारमा कर्मचारीले नदेख्ने सुन प्रहरीले कसरी देख्यो त?’ विमानस्थल भन्सारका एक कर्मचारीले भने। ‘यहाँको सेटिङ भत्काउने कसको के आँट?’, नाम उल्लेख नगर्ने सर्तमा ती कर्मचारीले भने।

प्रकाशित मिति: : 2022-08-25 15:40:00

प्रतिकृया दिनुहोस्