पूर्व नगरप्रमुख अमानसिंह एमालेमा

File photo
File photo

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सिन्धुपाल्चोकको चौतारा–साँगाचोकगढी नगरपालिकाका पूर्व प्रमुख अमानसिंह तामाङसहित विभिन्न नेता कार्यकर्तालाई सोमबार आफ्नो पार्टीमा प्रवेश गराएका छन्।

एमालेको केन्द्रीय कार्यालय च्यासलमा आयोजित प्रवेश कार्यक्रमा अध्यक्ष ओलीले उनीहरुलाई स्वागत गरेका हुन्। कार्यक्रममा एमालेका नेताहरुको सहभागिता थियो।

यसअघि आइतबार अध्यक्ष ओलीबाट लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं प्रदेश सांसद प्रल्हाद गिरी एमालेमा प्रवेश गरेका थिए। 

प्रकाशित मिति: : 2022-08-22 16:38:00

प्रतिकृया दिनुहोस्