निर्वाचन आयोगमा ८४ दल दर्ता, आजैबाट जाँचबुझ (सूचीसहित)

File Photo
File Photo

संघीय संसद र प्रदेश संसद निर्वाचनका लागि ८४ राजनीतिक दल दर्ता भएका छन्। 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ४ मंशिरका लागि तय गरिएको निर्वाचन प्रयोजनका लागि अन्तिम दिनसम्म ८२ दल दर्ता भएका हुन्।

आयोगमा दर्ता भए अनुसार सिके राउत नेतृत्वको जनमत पार्टी एक नम्बरमा दर्ता भएको छ भने रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी अन्तिममा दर्ता भएको छ।

यसरी दर्ता भएका राजनीतिक दलका बारेमा निर्वाचन आयोगले आजैवाट जाँचबुझ सुरु गरिनेछ। राजनीतिक दलले पेश गरेका कागजपत्र सही छन कि छैनन ? भन्ने बारेमा आजवाट नै जाँच बुझ गरिने प्रवक्ता पौडेलले जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2022-08-17 08:21:00

प्रतिकृया दिनुहोस्