माओवादीकाे चुनाव चिन्हबारे बुझ्न निर्वाचन आयाेग पुगे वामदेव गाैतम

नेकपा (माओवादी केन्द्र)को चुनाव चिन्हबाट निर्वाचनमा सहभागी हुने सहमतिपछि नेता वामदेव गाैतम निर्वाचन आयाेगकाे कार्यालय पुगेका छन्।

मंगलबार दिउँसाे आयाेगकाे कार्यालय पुगेका उनले माओवादी केन्द्रकाे चुनाव चिन्ह लिएर आगामी संघीय निर्वाचन लड्ने तयारी भइरहेकाे र यसैकाे प्रक्रिया बारे बिषय बुझ्न आएको प्रतिक्रिया दिएका छन्।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र वामदेव गाैतमले आगामी  निर्वाचनमा माओवादी केन्द्रकाे चुनाव चिन्ह हसिया हताैडा लिएर उठ्ने भएका छन्।

प्रकाशित मिति: : 2022-08-16 15:12:00

प्रतिकृया दिनुहोस्