राप्रपा बैठकका एजेण्डा : निर्वाचनमा तालमेलदेखि तेस्रो चरणका आन्दोलनसम्म

राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।

आगामी मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी देखी तेस्रो चरणका आन्दोलनको मोडालिटीलगायत विषयमा छलफल गर्नका लागि बैठक बोलाईएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्। 

‘संघीय र प्रदेशसभा निर्वाचनको तयारी देखी तेस्रो चरणको आन्दोलनको मोडालिटीका बारेमा बैठकका अजेन्डा रहेका छन्,’ श्रेष्ठले भने, ‘निर्वाचन प्रयोजनका लागि विभिन्न समितिहरु पनि यसै बैठकवाट निमार्ण हुनेछन्।’

२२ बुदेँ माग राखेर गत असार ३१ सम्म भएको पहिलो चरणको आन्दोलन, ११ साउन देखी ३१ साउन सम्म भएको दोस्रो चरणको आन्दोलन समापन हुने गईरहेको अवस्थामा तेस्रो चरणको आन्दोलन तयारीका लागि मोडालिटीका बारेमा छलफल हुने छ। ‘तेस्रो चरणको आन्दोलन भने काठमाडौं केन्द्रित हुनेछ,’ श्रेष्ठले भने। 

बैठकमा अध्यक्ष लिङदेनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेको भेटघाट र निर्वाचनका लागि अन्य राजनीतिक दलसँग तालमेलको बिषयमा पनि छलफल हुने बुझिएको छ।

बैठक मध्यान्ह १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ।


कमल थापालाई पछार्ने को हुन् राजेन्द्र लिङ्देन ?

प्रकाशित मिति: : 2022-08-15 08:49:00

प्रतिकृया दिनुहोस्