निहारिकाबारे राष्ट्रपतिको चासोः कानूनमन्त्री बोलाएर छलफल गरिन्

file photo
file photo

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति आमरण अनशनमा रहेकी युवती निहारिका राजपूतबारे चासो देखाएकी छन्।

उनले शनिबार कानुनमन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई बोलाएर राजपुतको विषयमा ध्यानाकर्षण गराएकी हुन्।

निहारिकाले शुक्रबार राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाहको प्रयास गर्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।  

आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेको बताउँदै आएकी उनी बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी छिन्। 

 

प्रकाशित मिति: : 2022-08-13 19:21:00

प्रतिकृया दिनुहोस्