आगामी निर्वाचनका लागि लोसपाले गर्‍याे दल दर्ता 

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता गरेको छ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लोसपाले बिहीबार आयोगमा दल दर्ता गरेको हो। लोसपाको मुल दर्ता नम्बर ९५–५०२ रहेको छ।

४ मंसिरमा हुने निर्वाचनका लागि गत आइतबार (२२ साउन)देखि आउँदो मंगलबार (३१ साउन)सम्म दल दर्ताको समय तोकेको छ।

प्रकाशित मिति: : 2022-08-11 13:21:00

प्रतिकृया दिनुहोस्