काठमाडौं बालाजुस्थित बाइसधाराकाे वान वर्ल्ड जुत्ता कारखानामा आगलागी भएको छ।
नेपाली सेना र सुरक्षाकर्मीसहित दमकल र तीनवटा ट्यांकरको सहायताले आगो निभाउने प्रयास भइरहेको र ललितपुर महानगरबाट पनि अर्को दमकल मगाइएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन्।
आगलागीको कारण खुल्न सकेको छैन। भने, घटनाकाे थप विवरण आउन बाँकी छ ।