सरस्वती माताको मूर्ति सेलाउने क्रममा बागमती नदीमा बेपता भएका युवकको शव फेला परेको छ।
सरस्वती माताको मूर्ति मंगलबार साँझ सेलाउने क्रममा राजदेवी-७ मुडवलवाका २२ वर्षीय सुरज यादव बेपता भएका थिए। सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा बुधबार बिहान यादवको शव फेला परेको हो।
राजदेवी नगरपालिका-६ स्थित बागमती नदीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपककुमार रायले बताए।
उनका अनुसार पानीमुनि रहेको उनको शवलाई माछा मार्ने जाल प्रयोग गरेर निकालिएको थियो। मूर्ति सेलाउने क्रममा नदीमा डुबेका यादवको मंगलबार रातिसम्म र पुनः बुधबार बिहान खोजी गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
यादवको शव आज बिहान डुबेकै स्थानमा फेला परेको प्रहरीले जानकारी दिएको छ। मृतकको शवलाई पोष्टमार्टमपछि परिवारजनको जिम्मा लगाइएको रौतहट प्रहरीले जनाएको छ।