बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा

PTI
PTI

जनता दल युनाइटेडका सर्वोच्च नेता नितिश कुमारले बिहार राज्यको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्। उनले राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा दिएका हुन्।

नितिश कुमारले राज्यपाललाई भेटेपछि राजीनामा–पत्र दिँदै भारतीय जनता पार्टीसँगको सत्ता गठबन्धन तोडेको आफैले पुष्टि गरेका छन्।

जनता दल युनाइटेडका एक प्रवक्ताले पार्टीका सबै सांसदलाई नितिशनिवासमा तत्काल बैठकका लागि बोलाएका छन्। पार्टीको अघिल्लो बैठकले भारतीय जनता पार्टीसँगको गठबन्धनबाट अलग हुने निर्णय गरेको थियो।

स्रोतकाअनुसार भारतीय कांग्रेस र अन्य विपक्षी पार्टीहरूले नितिश कुमार नेतृत्वको नयाँ सरकारलाई समर्थन गर्ने संकेत गरेका छन्।

राज्यपाललाई राजीनामा बुझाएर नितिश कुमारको एउटा समूह पूर्वमुख्यमन्त्री राबडी देवीको घर पुगेको छ। उनी र लालुप्रसाद यादवका छोरा तेजस्वी यादवबीच नयाँ सरकार गठनका विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित मिति: : 2022-08-09 17:21:00

प्रतिकृया दिनुहोस्