पुनर्जागरण बिनाकाे निर्वाचनको अर्थ छैन: महामन्त्री रविकिरण

पुनर्जागरण पार्टी नेपालका महामन्त्री रविकिरण हमालले पुनर्जागरण बिनाको चुनावको अर्थ नरहेको बताएका छन्।

रिपोटर्स क्लबमा पार्टीद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा  महामन्त्री हमालले अहिलेको चुनावले खास अर्थ नराख्ने बताएका हुन्।

उनले भने, ‘पुनर्जागरण बिनाको चुनावले खास अर्थ राख्दैन। देश र जनतामा पूनर्जागरण ल्याउनुपर्छ। हाम्रो पार्टी अहिले त्यतातर्फ केन्द्रित छ। नेपालमा मात्रै होईन, विश्व राजनीतिमा नै पुनर्जागरण आवश्यक छ। अहिले विश्व व्यवस्थाको कुरा गरौं न, कुनै पनि संरचनाले काम गरेन। अमेरिकाको डेमोक्रेसीमा समस्या आएको छ।’ 

चुनावदेखि चुनावसम्मको राजनीतिले नागरिकको दैनिकी बदल्न नसक्ने किरणले बताएका छन्।  

 

प्रकाशित मिति: : 2022-08-06 20:49:00

प्रतिकृया दिनुहोस्