चोलेन्द्र शम्शेरमाथिको महाअभियोगबारे भोलिबाट संसद्‍मा छलफल हुने

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोगको प्रस्तावमाथि प्रतिनिधिसभा बैठकमा आइतबारदेखि छलफल हुने भएको छ।

संघीय संसद सचिवालयले प्रकाशन गरेको कार्यसूचीमा राणामाथिको महाअभियोगबारे आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा छलफल हुने उल्लेख गरेको छ। 

कार्यसूचीको बुँदा नम्बर ४ मा मिति २०७८ फागुन १९ गतेको बैठकमा सांसद देवप्रकाश गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा २ एवं प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम १ बमोजिम प्रस्तुत गरेको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने उल्लेख गरिएको छ। 

गत फागुन १९ गते संसदमा प्रधानन्यायाधीश राणामाथिको महाभियोग दर्ता भएपछि उनी निलम्बनमा रहेका छन्।

प्रकाशित मिति: : 2022-08-06 13:09:00

प्रतिकृया दिनुहोस्