विप्लवलाई पुराना मुद्धा लगाउनु उचित हुँदैन: शंकर पोखरेल

File photo
File photo

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यक्रतालाई पुराना मुद्धा लगाउन नहुने बताएका छन्।

दाङको तुलसीपुरमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनेमा बोल्दै उनले खुल्ला राजनीतिमा आउनु भन्दा पहिलेका घटनाका आधारमा मुद्धा लगाउन नहुने बताएका हुन्। 

'खुल्ला राजनीतिमा आइसकेपछि उनी (विप्लव) ले गलत काम गर्छन् भने दण्डको भागिदार हुन्छन्,' पोखरेलले भने, 'पहिलेका घटनाका आधारमा मुद्धा चलाउने कुरा उचित होइन।' 

सोमबार ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजना मुद्दामा नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)सहित नेता कार्यक्रताहरुलाई ३५ दिने वारेण्ट जारी गरेको छ।

यसको संसदमा समेत विरोध भएको थियो। मंगलबार संसदमा एमाले र माओवादी केन्द्रका सांसदले राजनीतिक मुद्धा राजनैतिक तरिकाले हल गर्नुपर्ने बताएका थिए।

प्रकाशित मिति: : 2022-08-03 10:12:00

प्रतिकृया दिनुहोस्