अर्थ मन्त्रालयको गत जेठ १४ गतेको सीसीटीभी फुटेज भेटिएको छ।
नेपाल प्रहरीको विज्ञ टोलीले जेठ १४ गतेको सीसीटीभी फुटेज रिकभर गरेर पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित विशेष संसदीय समितिलाई बुझाएको छ।
जेठ १४ गते राति बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोपपछि तत्कालीन अर्थमन्त्री शर्मालेसो दिनको सीसीटीभी फुटेज डिलिट भइसकेको जवाफ दिएका थिए।
शर्मामाथि बजेट बनाउने क्रममा अनधिकृत दुई जना व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई करको दर हेरफेर गरेको आरोप लागेको थियो। त्यसपछि उनले राजीनामा दिएका थिए भने प्रतिनिधिसभाले उनीमाथि छानबिन गन विशेष संसदीय छानबिन समिति गठन गरेको थियो।