प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद् प्रतिनिधि सभा बैठक आज (आइतबार) बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ।

बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पेस हुनेछ।

त्यसैगरी कारागार विधेयक, २०७६ छलफलका लागि पेस हुने र आजै उक्त  कारागार विधेयक पारितका लागि प्रस्ताव गरिने कार्यसूची रहेको छ। २९ मंसिर २०७६ मा संसदमा दर्ता भएको यो विधेयकमा खुला कारागारको अवधारणा र कैदीबन्दीलाई प्रजननको अधिकार लगायतका विषय समेटिएको छ।

प्रकाशित मिति: : 2022-07-24 08:10:00

प्रतिकृया दिनुहोस्