मजदुरहरुकै कारण विश्वमा परिवर्तन भएको हो : ओली

File Photo
File Photo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्व अहिलेको स्थितिमा भइरहेको विकास र आधुनिकता मजदुरहरूकै कारण भएको बताएका छन्।

विश्वका विभिन्न देशमा मजदुर युनियन आवश्यक नै नभएको भनेर अभियानसमेत चलेको तर पछि उनी मजदुहरूबाटै विश्वमा परिवर्तन सम्भव भएको बताए।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अहिले पुँजीवादीहरूका कारण विश्वमा परिवर्तन भएको हो कि जस्तो देखिए पनि त्यस नभएको उनले बताए। उनी यो परिवर्तन हाम्रो संघर्षको परिणम भएको उनको भनाइ थियो।

कार्यक्रममा उनले नेपालमा पनि भएका जति पनि सुधार छन् सबै मजुदरकै कारण भएको बताए। उनले कार्यक्षेत्रमा महिला पुरुष बराबरी, कार्यस्थल सुरक्षा, बिमा, ज्यालमा समानाता, समाजिक सुरक्षा जस्ता सबै सुधार मजदुरकै कारण भएको बताए।

तीन वर्षअघि अर्थात सन् २०१९ मा आफू आइएलओमा जाँदा पनि त्यहाँ नेपाली मजदुरहरुको योगदानको प्रशंसा भएको सुनाए।

कार्यक्रममा उनले नेपालको भविष्य र सुसासनको मजदुरहरुमै निर्भर रहेको बताए। साथै, समृद्ध नेपाल, सुखी नेपाली अभियान मजदुर आन्दोलन र मजदुर युनियनकै उपार्जन भएको उनले बताए।

प्रकाशित मिति: : 2022-07-23 13:57:00

प्रतिकृया दिनुहोस्