पूर्वराजा शाह स्वदेश फिर्ता

File Photo
File Photo

पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फिर्ता भएका छन्।

उनी पत्नि कोमल शाह, बुहारी हिमानी शाहसहित एक महिना लामो थाइल्याण्ड बसाईपछि शुक्रवार स्वदेश फर्किएकी हुन्।

पूर्वराजा शाह नेपाल वायुसेवा निगमको उडानबाट काठमाडौं आएकाे बताइएकाे छ। पूर्वराजपरिवारको टोली पाँच सदस्यीय रहेको अधिकारीहरूले जनाएका छन्।

शाह दम्पत्ति गत असार ३ गते बैंकक गएको थियो। पूर्वयुवराज पारस र युवराज्ञी हिमानीका दुई छोरी थाइल्याण्डमा अध्ययनरत छन्।

नाती हृदयेन्द्र अमेरिकामा अध्ययनरत छन् भने छोरा पारस पोखरामा बसेर ‘मस्त’को जीवन बिताइरहेका छन्।

समर्थकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर पूर्वराजा शाहको स्वागत गरेका छन्।

प्रकाशित मिति: : 2022-07-23 05:32:00

प्रतिकृया दिनुहोस्