नागरिकताबाहेकका विषय कार्यसूचीबाट हटाइयाे, विधेयकमाथि दफावार छलफल जारी

File Photo
File Photo

प्रतिनिधिसभाकाे शुक्रबारकाे बैठककाे कार्यसूचीबाट नेपाली नागरिकता विधेयकबाहेकका विषय हटाइएको छ।

प्रतिनिधिसभा बैठकले ‘फास्ट ट्रयाक’ बाट सो विधेयक पारित गराउने उद्देश्यसहित अन्य विषय कार्यसुचीबाट हटाइएकाे हाे।

शुक्रबारकाे बैठककाे सम्भावित कार्यसूचीमा नागरिकता विधेयकसहित अन्य विषय पनि समेटिएकाे थियाे। तर, बैठक बस्ने बेलामा नागरिकता विधेयकबाहेकका विषय हटाइएकाे हाे।

अहिले नेपालकाे नागरिकता (पहिलाे स‌ंशाेधन) विधेयक २०७९ माथिकाे दफावार छलफल चलिरहेकाे छ।  

प्रकाशित मिति: : 2022-07-22 13:29:00

प्रतिकृया दिनुहोस्