प्रचण्ड र नारायणकाजीबीच डेढ घण्टा छलफल

file photo
file photo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ।

अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवासमा दुई नेताबीच कुराकानी भएको हो। अध्यक्षसँगको कुराकानीका लागि नारायणकाजी अपराह्न खुमलटार पुगेका हुन्। दुई नेताबीच डेढ घण्टा कुराकानी भएको स्रोतको भनाइ छ।

भेटमा प्रचण्डको भारत भ्रमण र समाजवादी केन्द्र निर्माण तथा वाम एकताका विषयमा छलफल भएको जनाइएको छ।

प्रकाशित मिति: : 2022-07-20 19:47:00

प्रतिकृया दिनुहोस्