कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा

File Photo
File Photo

नेपाली कांग्रेस संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख सचेतक पदमा सांसद चित्रलेखा यादवलाई नियुक्त गराएका छन्। उनी  पूर्वउपसभामुखसमेत रहेका थिए। 

यसैगरी सचेतकमा पूर्वमन्त्री मीनबहादुर विश्वकर्मालाई नियुक्त गरीएकाे नवनियुक्त प्रमुख सचेतक यादवले जानकारी दिए। कांग्रेस संसदीय दलको प्रमुख सचेतक एक वर्षदेखि रिक्त रहेकाे थियाे। यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाण गृहमन्त्री भएपछि पद रिक्त भएको हो। 

यसैगरी यसअघि सचेतक रहेका पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि गत साता सो पद पनि रिक्त भएको थियो। दुवै पदमा बुधबार कांग्रेस सभापतिसमेत रहेका संसदीय दलका नेता देउवाले नियुक्ति गरेका हुन्।

संसद्मा पार्टीको धारणा राख्न, कार्य व्यवस्था परामर्श समितिको बैठकमा भाग लिनेलगायत महत्वपूर्ण संसदीय गतिविधिमा प्रमुख सचेतक र सचेतकको भूमिका रहने व्यवस्था छ।

प्रकाशित मिति: : 2022-07-20 14:31:00

प्रतिकृया दिनुहोस्