रविन पुन मगर (आइडु)
अहिले गाउँ–गाउँमा स्वास्थ्य सेवाकाे पहुँच पुगिसकेकाे छ। त्यसैले मानिसहरू धामी झाँक्रीप्रति विश्वास गर्दैनन्। यसबारे कुराकानी गरियाे भने पनि मानिसहरूले मूर्ख ठान्छन्। तर, परापूर्व कालमा भने यसकाे स्थान र महत्व विशिष्ट थियाे। यसप्रति मानिसकाे ठूलाे आस्था रहेकाे पाइन्छ। त्यही आस्थामा अडिएर अहिले पनि रुकुम (पूर्व)काे भूमे गाउँपालिकास्थित लुकुममा झाँक्रीहरूकाे मेला नै गर्छ।
किम्बदन्तीअनुसार परापूर्व कालमा यो गाउँमा एउटा प्रेतआत्मा बस्थ्याे। उक्त प्रेतले यहाँका मानिसहरूलाई धेरै दु:ख दिन थाल्याे। त्यसपछि तन्त्रमन्त्र जानेका झाँक्रीले त्यसलाई गाउँकाे खाेला छेउमा लगेर गाडिदिए। त्यसबेलादेखि यहाँ हरेक वर्ष साउनकाे पहिलाे हप्ता गाउँका सम्पूर्ण झाँक्रीहरू जम्मा भएर साेही प्रेत आत्मा गाडिएकाे ठाउँ (लुकुम)मा भेला भएर तन्त्रमन्त्र गर्ने गर्छन्।
अहिले पनि यस गाउँमा करिब १ सय २० जनाभन्दा बढी झाँक्रीहरू रहेका छन्। उनीहरू हरेक वर्ष पालैपालाे भेला हुने गर्छन्। यसवर्ष भने चार जना महिलासहित २१ जनाा झाँक्रीहरू सहभागी थिए। उनीहरू भेला भएर आफ्नै पाेसाकमा ढ्यांग्रा/भाँडा बजाएर नाच्ने गर्छन्, जुन दृश्य निक्कै रमणीय देखिने गर्छ। यतिबेला यहाँ युवा–युवाती निक्कै उत्साहका साथ सहभागी हुने गर्छन्, जसले पर्यटन प्रवर्धनमा पनि टेवा पुर्याएकाे छ।
हेर्नुहाेस् तस्बिरहरू :
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया