वडाध्यक्षलाई पानीमा चोपलेकाे घटनाप्रति प्रहरी हेडक्वाटरको चासो, डिएसपी ठगबहादुरमाथि थालियो अनुसन्धान

फाइल तस्बिर : आइतबार वडाध्यक्ष क्षेत्रीलाई डिएपी केसीले पानीपाखरीमा फाल्दै।

रूपन्देहीकाे तिलोत्तमा नगरपालिका– ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई प्रहरीले पौडीपोखरीमा धकेको भिडियो भाइरल भएपछि प्रहरी मुख्यालयले अनुसन्धान थालेको छ।

बुटवलका डिएसपी ठगबहादुर केसीले नै वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडीपोखरीमा धकेलिदिएपछि चौतर्फी आलोचना भएको छ।

भिडियाेमा चौतर्फी आलोचना भएपछि प्रहरी मुख्यालयले घटनाको अनुसन्धानका लागि सोधपुछ थालिएको नेपाल प्रहरीका प्रवक्ता डिआईजी टेकप्रसाद राईले बिएल नेपाली सेवालाई जानकारी दिए।

‘मिडियातिर आएको कुरालाई हामीले ध्यानमा राखि घटनाको सत्य तथ्य बुझ्दैछौँ, त्यसका लागि चितवन प्रहरीलाई निर्देशन दिएका छौंँ,’ प्रवक्ता राईले भने।

प्रहरीले पोखरीमा डुबाएका वडाअध्यक्ष भन्छन्– नाइँ–नाइँ भन्दा भन्दै च्याप्पै समातेर फाले

प्रकाशित मिति: : 2022-07-18 11:53:00

प्रतिकृया दिनुहोस्

    घटना रुपन्देही को आदेश चितवन लाई दिएको रे ? पाङ्दुरे अनलाइन ,

    • 2 बर्ष अगाडि
    • Thapa Saru