कम्युनिस्ट नेतृत्वको सरकार ढालेर हिँड्ने वामपन्थी होइन: ओली

file photo
file photo

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्वको सरकार छाडेर एकताका लागि आउन वामपन्थी राजनीतिक दलहरूलाई आग्रह गरेका छन्। कांग्रेसको पुच्छर बनेर नहिँड्न बताउँदै उनले एकताका लागि आग्रह गरेका हुन्। 

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ओलीलाई वामपन्थी एकतामा आउन आग्रह गरेको कुराको जवाफ दिँदै उनले कांग्रेस नेतृत्वको सरकार छाडे वामपन्थी दलहरूबीच एकता गर्न तयार भएको बताए। 

कम्युनिस्ट नेतृत्वको सरकार ढालेर हिँड्नेहरू वामपन्थी नभएको बताउँदै उनले भने, ‘नेपालमा वामपन्थी पार्टीहरू छन् भने कांग्रेसका पछि नलाग्न, गठबन्धन छोड्न, देशघाती काम नगर्न, अनि एसपीपी नगर्न र वामपन्थी एकतामा आउन आग्रह गर्दछु। चौंरीको पुच्छरजस्तो कांग्रेसको पुच्छर भएर हिँड्ने अनि वामपन्थी पार्टी भनेर हुन्छ? कम्युनिस्ट सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्छ भनेर अदालतमा धाउनेहरू वामपन्थी? म आग्रह गर्न चाहन्छु–कोही वामपन्थी हुनुहुन्छ भने आउनुस्, एमालेसँग मिलेर कांग्रेस विरोधी होइन, देशको पक्षमा, लोकतन्त्रको पक्षमा उभिएर काम गर्ने सरकार बनाऔं।’ 
 

प्रकाशित मिति: : 2022-07-16 20:09:00

प्रतिकृया दिनुहोस्