नेपालको भू-राजनीतिक अवस्थाको बहस गर्न ओलीदेखि उपेन्द्र यादवसम्म एउटै मञ्चमा

नेपालको भू-राजनीतिक अवस्थाको बहस गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि उपेन्द्र यादवसम्म एउटै मञ्चमा देखिने भएका छन्।

नेपाल चीन हिमालय मैत्री समाज (नेचिप्स नेपाल)ले आयोजना गरेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष चन्द्र भण्डारीलगायतले सम्वोधन गर्नेछन्।

नेपालमा अमेरिकी प्रभाव बढदै गएको आशंका बढिरहेको बेला आयोजना हुन लागेको सो विचार गोष्ठीलाई अर्थपुर्ण रुपमा हेरिएको छ।

प्रकाशित मिति: : 2022-07-16 11:18:00

प्रतिकृया दिनुहोस्