गठबन्धन बैठक : संक्रमणकालीन न्यासम्बन्धी विधेयक अगाडि बढाउने सहमति

File Photo
File Photo

सत्तारुढ गठबन्धनमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई अगाडि बढाउने सहमति भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा पाँच दलीय गठबन्धनबीच उक्त विधेयकलाई अगाडि बढाउने सहमति भएको हाे।

गठबन्धनबीच संक्रमणकालीन न्यायसम्बन्धी आयोगका समयावधि थप गर्ने विषयमा सहमति जुटेको हाे।

बैठकमा समयावधि सकिन लागेका सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्ति व्यक्तिको छानबिन आयोगको समयावधि थप गर्ने विषयमा सहमति भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पोखरेलले जानकारी दिए।

दुवै आयोगको समयावधि शनिबारसम्म मात्र रहेको र त्यससम्बन्धी विधेयक आजै टेबुल गरिनेछ।

प्रकाशित मिति: : 2022-07-15 13:03:00

प्रतिकृया दिनुहोस्