यम बुद्धको सालिक बनाउने निर्णयमा एमालेकाे समर्थन

फाइल तस्विर
फाइल तस्विर

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले र्‍याप गायक यम बुद्ध (अनिल अधिकारी)को सालिक बनाउने काठमाडौं महानगरपालिकाको निर्णयको स्वागत गरेका छन्।

पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र आ-आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली भएको भन्दै महानगरको निर्णयलाई आत्मासाथ गर्नुपर्ने बताए।

‘नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यम वुद्ध (अनिल अधिकारी)को प्रतिमा (सालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ,’ पाैडेलले फेसबुकमा लेखेका छन्।

मेयर वालेन्द्र साह (वालेन)ले आफ्नाे तलबबाट र्‍याप गायक यम बुद्ध सालिक बनाउने घाेषणा गरेका छन्।

प्रकाशित मिति: : 2022-07-14 11:27:00

प्रतिकृया दिनुहोस्