गण्डकीका मुख्यमन्त्री र मन्त्रीलाई एक रुपैयाँ दान !

आफ्नाे परिवारका सदस्यकाे नाममा ट्रस्ट खडा गरेर सरकारी रकम विनियाेजन गरेपछि गण्डकीका मुख्यमन्त्री र शिक्षामन्त्री आलाेचित छन्। चौतर्फी रुपमा चर्काे आलाेचना भइरहेकाे छ।

यसरी सरकारी रकमकाे दुरुपयाेग गरेकाेमा सांकेतिक विराेध स्वरुप नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले सांकेतिक विराेध सुरु गरेकाे छ।

गण्डकीले सोमबारदेखि मुख्यमन्त्री र मन्त्रीको मनपरीविरुद्ध विरोध जनाउँदै ‘रु एक रुपैयाँ’ दान संकलन अभियान सुरु गरेको छ।

मुख्यमन्त्री र शिक्षामन्त्रीको बुबाआमाको नामको कोषलाई पोखराको रत्नचोकबाट रकम उठाउन सुरु गरिएको हो। यो अभियान प्रदेशभर सुरु गरिएको अनेरास्ववियुका प्रदेश कमिटी सचिव आरके पोखरेलले बताए।

चर्काे आलाेचनापछि मुख्यन्त्री पाेखरेल निर्णयबाट पछि हटेका छन्। यी कार्यक्रममा छुट्याइएकाे बजेट प्रदेश प्राथमिकताका आधारमा खर्च गरिन मुख्यमन्त्री कार्यालयले जनाएकाे छ।

प्रकाशित मिति: : 2022-07-11 14:18:00

प्रतिकृया दिनुहोस्