विश्वप्रकाशको प्रश्न- प्रधानमन्त्रीलाई सल्लाह कसले दिन्छ? 

File Photo
File Photo

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई गलत सल्लाह दिने को हो? भनेर प्रश्न गरेका छन्।

बहुमत सदस्यको उपस्थितिमा संवैधानिक नियुक्ति गर्न सकिने प्रावधानसहित संवैधानिक परिषदसबन्धी विधेयक दर्ता गरेपछि महामन्त्री शर्माले सो प्रश्न गरेका हुन्। उनले सो विधेयक तत्काल फिर्ता गर्न पनि माग गरेका छन्।

‘ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा सतप्रतिशत प्रष्ट छौं हामी’ शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संवैधानिक परिषद्सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै तर यस्तो भयो कसरी? हुन्छ कसरी ? गर्छ कसले? सल्लाह दिन्छ कसले? यो दुःखद छ, प्रधानमन्त्रीको गम्भीर जवाफदेहीता जरुरी छ।’

प्रकाशित मिति: : 2022-07-11 11:37:00

प्रतिकृया दिनुहोस्