प्रधानमन्त्रीले अर्थमन्त्रीलाई हटाउनुपर्छ: गगन थापा

file photo
file photo

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बजेट निर्माणका विषयमा उत्पन्न विवादमा प्रधानमन्त्रीले अर्थमन्त्रीलाई हटाउनुपर्ने बताएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सांसद थापाले अर्थमन्त्री जनार्दन शर्मामाथि प्रश्न उठिसकेपछि यो विषय यतिक्कै छोड्न नहुने बताएका छन्। उनले करका दर चलाउने र बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराउने विषय सामान्य नभएको जिकिर गरेका छन्।

अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिएमा प्रधामन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने बताउँदै उनले भने, 'यस विषयमा छानबिन नगर्ने हो भने बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको संलग्नता रहेकोबारे प्रश्न उठेकोमा जवाफदेही बन्नुपर्छ।'

तीन महिनासम्मको सीसीटीभी फुटेज राख्नुपर्ने भन्दै उनले भने,  'हाम्रो आफ्नै नियम, कानुनले पनि हामीलाई कम्तीमा तीन महिनासम्मको सीसीटीभी फुटेज राख्ने कुरा भनिहाल्छ। त्यसमाथि पनि बजेट यो संसद्‍ले जुन पारित गरेको छ। यसको करको दर भनेको चाहिँ सामान्य कुरा होइन।'

प्रकाशित मिति: : 2022-07-04 18:57:00

प्रतिकृया दिनुहोस्