एमाले सचिवालय बैठक बस्दै

नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ।

बैठक पार्टी कार्यालय च्यासलमा ११ बजे बस्ने तयारी भएकाे केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिए।

उनका अनुसार बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सात कार्यसूचीमा छलफल र निर्णय हुनेछ।

प्रकाशित मिति: : 2022-07-03 09:35:00

प्रतिकृया दिनुहोस्