माओवादी विद्यार्थी संगठन फुट्यो, पवन कार्कीको नेतृत्वमा आयोजक समिति

लामो विवादमा फसेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी अन्ततः विभाजन भएको छ।

अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा अलग्गै समानान्तर समिति घोषणा गरेसँगै सो संगठन विभाजन भएको हो।

‘अध्यक्षज्यूको समुहले विधानविपरीत पदाधिकारी तथा केन्द्रिय समितिको संख्या थपेपछि हामीले आपत्ति जनाउँदै आएका थियौं तर उहाँले कुनै अनुरोध मान्नुभएन,’ असन्तुष्ट समुहका उपदेश यादवले भने, ‘संगठनलाई विद्यान बमोजिम अघि बढाउनका लागि हामीले १ सय ९९ सदस्यीय आयोजक समिति निमार्ण गरेका हौं।’

उनका अनुसार सो आयोजक समितिले संगठनलाई विद्यान बमोजिम काम कारवाही गराउन र सम्मेलनको तयारी गर्नेछ।

बानेश्वरस्थित नेपाल कमर्श क्याम्पसबाट घोषणा हुने उक्त नयाँ कमिटीमा असन्तुष्ट पक्षका देशैभरीका बिद्यार्थी नेताहरुको समर्थन रहेको यादवले दावी गरेका छन्।

प्रकाशित मिति: : 2022-07-02 10:52:00

प्रतिकृया दिनुहोस्