कार्यकारिणी बैठकमा उपेन्द्र यादवले बाबुराम पक्षलाई नबोलाएको गुनासो

File Photo
File Photo

अध्यक्ष उपेन्द्र यादवले बोलाएको केन्द्रीय कार्यकारिणी समिति बैठकमा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधरभ भने अनभिज्ञ रहेका छन्।

आगमी २७–२८ असारमा बोलाइएको केन्द्रीय कार्याकारिणी समितिको बैठकमा असन्तुष्ट भट्टराई पक्षधर भने अनभिज्ञ रहेका छन्।

‘केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइयो भन्ने सुनेको छु तर अहिलेसम्म खबर आएको छैन,’ सांसदसमेत रहेकी केन्द्रीय कार्यकारिणी समितिका सदस्य अमृता अग्रहरीले भने, ‘उपेन्द्रजीले संसदीय दलको बैठक बोलाउँदा होस् वा पार्टीको छलफल चलाउँदा होस् कसैलाई बोलाउने कसैलाई नबोलाउने गर्दै आउनुभएको थियो, यही होला भनेर बुझौं।’

इमेल, मोबाइल म्यासेजमार्फत बैठकको जानकारी गराउँदै आउने चलन भएपनि अहिलेसम्म भट्टराई पक्षधरका नेताहरुले बैठकका बारेमा सुचना नपाएपछि यादव पक्षधर नेताहरुसँग चासो व्यक्त गरिरहेका छन्।

उता, यादव पक्षधर नेता मनिष सुमनले भने बैठकमा बारेमा इमेल आएको जानकारी दिए।

‘मलाई चाहिँ बैठकमा उपस्थित हुनका लागि इमेल आएको थियो तर केही साथीहरुले कुनै खबर पाइएन भनिरहनु भएको छ। सायद बैठक आउन अझै केही दिन बाँकी रहेकाले पनि खबर आउन ढिलाई भएको होला’, सुमनले भने।

प्रकाशित मिति: : 2022-07-02 10:36:00

प्रतिकृया दिनुहोस्