उर्लाबारीमा मावा खोला बस्तीतर्फ पस्यो, स्थानीय त्रसित (तस्बिरहरू)

बिएल संवाददाता

उर्लाबारी  

मोरङको उर्लाबारी-९ आदर्श चोकमा मावा खोलाले बाँध कटान गरेपछि स्थानीय त्रसित भएका छन्।

लगातारको बर्षापछि मावा खोलामा आएको बाढी बस्तीतर्फ पस्न थालेको हो। कटान रोकिएको छैन भने स्थानीयले रुखमा डाेरीले बाँधेर रोकथामको प्रयास गरिरहेका छन्।

प्रहरी सशस्त्र तथा उर्लाबारी-९ का वडाध्यक्ष नरबहादुर मोक्तान, वडा सदस्य गणेश किम्दाङ राई, प्रकास कन्दङ्वालगायत स्थानीय खोलामा तैनाथ अवस्थामा छन्। रोकथामका लागि सक्ने प्रयास गरिरहेका छन्।

स्थानीय बलबहादुर मगरले खोलाले रातभर पिरोलेको कारण जाग्राम बसेको बताए। ‘खेतीयोग्य जमिन त बगायो, खोलाले घर नै बगाउँछ जस्तो छ’, उनले भने।

प्रकाशित मिति: : 2022-06-29 16:43:00

प्रतिकृया दिनुहोस्