हेम्जामा बाढीको वितण्डाः तीन सय जनालाई सुरक्षित स्थानमा सारियो

 अविरल वर्षाका कारण आएको बाढीले पोखरा २५ हेम्जामा वितण्डा मच्चाएको छ। 

गएराति बाढी प्रभावित तीन सय जनालाई सुरक्षित स्थानमा सारिएको छ। 

बाढीले ६०–७० घर नै प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले जानकारी दिए।

‘उहाँहरुलाई हामीले हिजो राती नै सुरक्षित स्थानमा सारेका छौं। बाढीले मानवीय क्षति भएको छैन। पहिरोले कुखुरा पालन गरिएका केही खोरहरुमा क्षति पुर्याएको छ,’ उनले भने।

पोखरा २५ हेम्जा म्याग्दी चोक भन्ने स्थानमा बाढी आउँदा स्थानीय रातारात घर छोड्न बाध्य भएका हुन्।

प्रकाशित मिति: : 2022-06-25 11:08:00

प्रतिकृया दिनुहोस्