सरकारले स्थानीय तह निर्वाचनमा राज्यशक्तिको दुरुपयोग गरेको प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले आरोप लगाएका छन्।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले राज्यशक्तिको दुरुपयोग गरेको आरोप लगाएका हुन्। राज्यशक्तिको दुरुपयोग गर्दै भद्दा र भ्रष्ट तरिकाबाट निर्वाचन गराएको ओलीको आरोप छ।
‘मैले २०१५ सालदेखिको निर्वाचन देखेको छु। पछि यता लामो समयदेखि चुनाव लड्दा अहिलेसम्म यति भद्दा, यति राज्यशक्तिको दुरुपयोग गरिएको, यति भ्रष्ट निर्वाचन, पैसाको खोलो बगाएको अहिलेसम्म देखेको थिइनँ,’ ओलीले भने, ‘यसपटक त्यो तहसम्म पुगेको छ।’