रवि लामिछानेकाे पार्टीप्रति सूर्य थापाको आपत्ति, भने– आयोगले दल दर्ता गर्न हुँदैन

रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामको दल दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिएपछि एमाले केन्द्रीय सदस्य सूर्य थापाले असन्तुष्टि जनाएका छन्।

निर्वाचन आयोगले सो पार्टीलाई दर्ता गर्न नहुने उनको भनाइ रहेको छ।

आज मंगलबार मात्र लामिछानेले आफ्नो पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी हुने घोषणा गरेका थिए। आजै सो पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परिसकेको छ।

यस विषयमा सूर्य थापा भन्छन्, ‘कानुनतः स्वतन्त्र उम्मेदवारी व्यक्तिको सार्वभौम अधिकार हो। व्यक्तिले दलमा लाग्दिनँ भनेर स्वतन्त्र रूपमा निर्वाचन लड्न र जित्न पाउनेगरी कानुनले सुरक्षित गरेको अधिकार छिनेर स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरीत हो।’

‘स्वतन्त्र उम्मेदवारीमा नै भ्रम र अन्योल उत्पन्न हुनेगरी कसैले पनि पार्टी बनाउन खोज्छ भने निर्वाचन आयोगले त्यस्तो दल दर्ता गर्न हुँदैन’ थापा भन्छन्।

प्रकाशित मिति: : 2022-06-21 18:02:00

प्रतिकृया दिनुहोस्