घोषणा हुँदै रवि लामिछाने नेतृत्वको नयाँ पार्टी

चर्चित सञ्चारकर्मी रवि लामिछानेले नयाँ दल खोल्ने भएका छन्।

आज दिउँसो राष्ट्रिय सभागृहमा हुने कार्यक्रमबाट दलको औपचारिक घोषणा हुने उनीनिकट एक अभियन्ताले जनाएका छन्। 

लामो समयले सञ्चारकर्ममार्फत् नेपाली राजनीतिभित्रको विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध अनेकौं अभियान चलाइरहेका उनी अन्ततः आफै राजनीतिमा होमिएका छन्।

लामिछाने नेतृत्वको नयाँ दललाई काठमाडौंमा केन्द्रीत केही खास सामाजिक अभियन्ताहरूले साथ दिने बताइएको छ। स्रोतकाअनुसार उनले पार्टी कार्यालय र पार्टीको नाम पनि जुराइसकेका छन्। जसको राष्ट्रिय सभागृहबाट सार्वजनिक गर्नेछन्।

तर, कतिपय लामिछानेका समर्थकहरू भने आउँदो प्रतिनिधिसभाको निर्वाचन स्वतन्त्रबाट लड्नुपर्ने बताउँछन्। ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएका उनी प्रतिनिधिसभाको चुनाव लड्ने तयारमा छन्।

प्रकाशित मिति: : 2022-06-21 07:05:00

प्रतिकृया दिनुहोस्