राप्रपा नेपालद्वारा थप तीन पदाधिकारी मनोनित

File photo
File photo

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले थप दुई जना सहमहामन्त्री मनोनित गरेको छ। पार्टी अध्यक्ष कमल थापाले आइतबार पार्टी केन्द्रीय सदस्यद्वय ज्ञानेन्द्र कार्की र नरप्रसाद थापालाई सहमहामन्त्रीमा मनोनयन गरेका हुन्।

थापाले केन्द्रीय सदस्य बिक्रम बमलाई पार्टी प्रवक्तामा मनोनयन गरेका छन्। कार्की र थापा काठमाडौं निवासी हुन् भने बम दार्चुला निवासी हुन्। 

पार्टीको विधान बमोजिम उनीहरूलाई  मनोनित गरिएको पार्टी प्रवक्ता सुरेश आचार्यले बताए।

प्रकाशित मिति: : 2022-06-19 17:56:00

प्रतिकृया दिनुहोस्