प्रधानमन्त्री नआएपछि संसदीय समिति बैठकबाट बाहिरिए माधव नेपाल

File Photo
File Photo

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधिसभाअन्तर्गतकाे अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकबाट बाहिरिएका छन्।

अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का बारेमा जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवा नआएपछि अध्यक्ष नेपाल बैठकबाट बाहिरिएका छन्।

समितिको बैठकमा पुगेका नेपाल प्रधानमन्त्री देउवा अनुपस्थिति हुने जनाएलगत्तै बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक छ भन्दै बाहिरिएका हुन्। समितिको बैठक भने जारी छ।

प्रकाशित मिति: : 2022-06-19 11:32:00

प्रतिकृया दिनुहोस्