'एमाले, कांग्रेसले जिते पनि आफैले जितेजस्तो लाग्छ, बुद्धि बिग्रियो कि क्या हो'

File photo
File photo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेले जिते पनि आफूले जितेजस्तो लाग्ने बताएका छन्।

चितवनमा आयोजित कार्यक्रममा प्रचण्डले स्थानीय तह निर्वाचन कसले जित्यो कसले हार्‍यो भन्ने कुरा आफ्नो मन नरहेको भन्दै एमाले, कांग्रेस, समाजवादीले जिते पनि आफूले जितेजस्तो लाग्ने गरेको बताएका हुन्।

उनले भने – कांग्रेसले जिते पनि मैले जितेजस्तो लाग्छ, एमालेले जिते पनि मैले जितेको लाग्छ। समाजवादीले जितेपनि मैले जितेजस्तो लाग्छ। यो मेरो बुद्धि बिग्रिएकोको हो कि। किनकी संविधान संस्थागत हुने प्रक्रियामा दह्रोसँग स्थानीय तह बने।

अब कसैले पनि भत्काउन सक्दैनन्। कसैले यसलाई प्रतिगमनतर्फ लैजान सक्दैन त्यसअर्थमा। स्थानीय तहको चुनाव भयो। चुनाव हुन्न भन्ने थियो।


 

प्रकाशित मिति: : 2022-06-17 18:07:00

प्रतिकृया दिनुहोस्