गैरआवासीय नेपालीको नागरिकताको समस्या यथाशिघ्र सम्बोधन गर्छौंः प्रधानमन्त्री देउवा 

File photo
File photo

प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीहरुको नागरिकताको समस्यालाई यथाशिघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्। 

गैरआवासीय नेपाली संघले बिहिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन्। 

‘तपाईँहरुले गैरआवासीय नेपालीको नागरिकताका विषयलाई जतिसक्दो चाँडो सम्बोधन गर्न आग्रह गर्दै आउनुभएको छ। यस विषयलाई सबै पक्षसँग समन्वय गरी यथाशिघ्र सम्बोन गरिने कुरा मा आश्वस्त पार्न चाहन्छु,’ प्रधानमन्त्री देउवाले भने।

सम्बोधनका क्रममा उनले प्रवासी नेपालीहरुलाई आफूसँग भएको सीप र पूँजी नेपालको विकासमा लगाउन आव्हान गरेका थिए। 

‘तपाईँहरुले विदेशमा थुप्रै विकास देख्नुभएको छ। आउनोस् हातेमालो गरौं, नेपाललाई हाम्रो जिवनमा एउटा सभ्य विकसित मुलुक बनाई छोडौं,’ प्रधानमन्त्री देउवाले भने।

प्रकाशित मिति: : 2022-06-16 16:20:00

प्रतिकृया दिनुहोस्