एमाले सचिवालय बैठक बस्दै, एजेण्डामै परेनन् घनश्याम भुसाल

नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज सोमबार बस्दैछ छ। स्थानीय तह निर्वाचनको समीक्षा गर्न एमालेले दिउँसो १ बजे ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाएको हो। 

केन्द्रीय कार्यालयको आइतबारको बैठकले सचिवालयका लागि चारवटा एजेन्डा तय गरेको थियो।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार निर्वाचनको समीक्षासँगै स्थानीय तहका जनप्रतिनिधिका लागि प्रशिक्षण, केन्द्रीय विभागको पूर्णता र समसामयिक राजनीतिक परिस्थितिलगायतका एजेन्डामा छलफल हुनेछ। 

केन्द्रीय कार्यालय बैठकले जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिने गरी एजेन्डा तय गरेको हो।

त्यस्तै, एमाले उपमहासचिव विष्णु रिमालको संयोजकत्वमा तयार भएको चुनावी समीक्षा रिपोर्ट बैठकमा पेस गरिने भएको छ। पार्टी स्थायी कमिटी सदस्य घनश्याम भुसाल आजकाे बैठककाे एजेण्डामा परेका छैनन्। उनलाई अनुशासन आयोगले सचिवालयको बैठक राखेर कारवाही गर्न सिफारिस गरेको थियो।

प्रकाशित मिति: : 2022-06-13 07:23:00

प्रतिकृया दिनुहोस्