नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई देश र जनताको समस्याप्रति कुनै चिन्ता नभएको जिकिर गरेका छन्।
शुक्रबार ललितपुरमा सुरू भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले सरकारले साना र विरोधी पार्टीलाई समाप्त पार्ने षड्यन्त्र मात्र गरिरहेकाे जिकिर गरेका हुन्।
त्यसैगरी उनले माओवादी केन्द्र सँग एकता नगर्ने पनि बताए। पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले माओवादीसँग एकता गर्ने भ्रममा नपर्न कार्यकर्तालाई सोत आग्रह गरेका थिए।