एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

नेकपा (एमाले) केन्द्रीय कार्यालयको बैठक आज बस्दैछ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन्।

बैठकले सोमबार १ बजे बस्ने केन्द्रीय सचिवालयको बैठकका कार्यसूची निर्धारण गर्नेछ।

आजको बैठक महासचिवको अध्यक्षता रहनेछ भने उपमहासचिव र सचिवहरू सदस्य रहन्छन्। 

प्रकाशित मिति: : 2022-06-12 09:36:00

प्रतिकृया दिनुहोस्