ईश्वर पोखरेलको क्षेत्रबाट चुनाव लड्ने रञ्जु दर्शनाको तयारी

रञ्जु दर्शनाले आउँदो प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन्।

विवेकशील साझा पार्टीकी पूर्वनेत्री दर्शनाले काठमाडौं–५ बाट उठ्ने तयारी भएको र केही दिनमा औपचारिक घोषणा गर्ने बताइन्। 

अघिल्लो चुनावमा काठमाडौंको मेयरमा उनले २३ हजार ४३९ मत ल्याएकी थिइन्। विवेकशील साझा दल निकट रहेकी दर्शना पछिल्लो समय सक्रिय राजनीतिबाट टाढा छिन्।

विवेकशीलका संस्थापक अध्यक्ष उज्ज्वल थापा उम्मेदवार हुँदै आएको क्षेत्रबाट उम्मेदवार बन्ने दर्शनाले निर्णय गरेकी छन्। 

काठमाडौं क्षेत्र नम्बर पाँच नेकपा एमालेका सांसद ईश्वर पोखरेलको क्षेत्र हो। गत निर्वाचनमा उनीसँग नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिस्पर्धा गरेका हुन्।

प्रकाशित मिति: : 2022-06-09 06:32:00

प्रतिकृया दिनुहोस्