दाङ जिसस निर्वाचनका लागि गठबन्धनद्वारा उम्मेदवारी दर्ता  

दाङको जिल्ला समन्वय समिति (जिसस) निर्वाचनका लागि गठबन्ध दलहरुले उम्मेदवारी दर्ता गराएका छन्।

प्रमुख र उपप्रमुखसहित ५ सदस्यमा काँग्रेसले उम्मेदवारी दिएका छ भने २ सदस्यमा गठबन्धबाटै माओवादी केन्द्रले उम्मेदवारी दिएको छ।

प्रमुखका लागि काँग्रेसका नित्यानाथ शर्माले उम्मेदवारी दिएका छन् भने उपप्रमुखमा चेतना चौधरीले उम्मेदवारी दिएकी छन्। शर्मा राप्ती गाउँपालिका निवासी हुन भने चौधरी बबई गाउँपालिका निवासी हुन्।

आज घोराहीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गठबन्धबाट प्रमुख र उपप्रमुखसहित ९ जनाले उम्मेदवारी दिएका छन्।

दाङमा काँग्रेसको एकल बहुमत रहेको थियो तर गठबन्धनको मर्मअनुसार मिलेर उम्मेद्वारी दिएको काँग्रेस जिल्ला सभापति शंकर डाँगीले बताए।

यसैबीच नेकपा एमालेले जिसस निर्वाचनमा उम्ममेदवारी नदिने भएको छ। घोराही र तुलसीपुर उपमहानगरपालिका मात्र जितेको एमालेले उम्मेदवारी नदिने भएको जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले बताए।

दाङमा दुई उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउँपालिका रहेका छन्।

आज उम्मेदवारी भएपनि उम्मेदवारको नामावली प्रकाशन भोली (बिहीबार) दिउँसो दुई बजे हुनेछ र अन्तिम नामावली प्रकाशन शुक्रबार दिउँसो १ बजे हुनेछ। शुक्रबार दिउँसो ३ बजे निर्वाचन चिन्ह प्रदान गर्ने र २९ गते बिहान १० बजे निर्वाचनको समयतालिका तोकिएको छ।

तर एमालेले उम्मेदवारी नदिएपछि गठबन्धनबाट उम्मेदवारी दिएकाहरु स्वत निर्वाचित हुनेछन्।

प्रकाशित मिति: : 2022-06-08 14:40:00

प्रतिकृया दिनुहोस्