सरकारले बर्खामा नयाँ सडक खन्न रोक लगाएको छ।
सडक विभागले बुधबार सार्वजनिक सूचना जारी गरेर १ असारदेखि भदौ मसान्त अर्थात् आगामी तीन महिना सडक खन्न स्वीकृति नदिने भनेको हो।
‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गर्न नसकिने र सडक पनि थप बिग्रँदै जाने भएको असार १ गतेदेखि भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजन मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने,’सूचनामा भनिएको छ।
कसैले जबर्जस्ती सडक खनेमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कारबाही गरिने चेतावनी दिइएको छ।