संसदमा एमाले सांसदकाे प्रश्न- प्रहरीलाई गोली चलाउने आदेश कसले दियो ?

File Photo
File Photo

एमाले सांसदहरूले प्रतिनिधिसभा बैठकमा सरकारको कडा आलोचना गरेका छन्।

बर्दियाको मधुवन नगरपालिकामा सोमबार प्रहरीको गोली लागेर मारिएकी नवीना थारुको विषयमा सांसदहरूले सरकारको कडा आलोचना गर्दै प्रहरीलाई गोली हान्ने आदेश कसले दियो भन्दै गृहमन्त्रीको जवाफ माग गरेका छन्।

सांसदहरू खगराज अधिकारी, भीम रावल, विमला विक, सूर्य पाठक, लालबहादुर थापा, यज्ञबहादुर बोगटीले बर्दियाको गोलीकाण्डबारे सरकारको विरोध गरेका हुन्।

एमाले सांसद घनश्याम खतिवडाले गृहमन्त्री बालकृष्ण खाँणको जवाफप्रति आपत्ति जनाउँदै बर्दियामा भएको गोलीकाण्डबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरे।

प्रकाशित मिति: : 2022-06-07 13:00:00

प्रतिकृया दिनुहोस्