म मन्त्री पद छाेड्न तयार छु : प्रेम आले

संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले मन्त्रिमण्डल हेरफेरमा भएमा आफू मन्त्री पदबाट हट्न तयार रहेकाे बताएका छन्। पशुपति क्षेत्र विकास कोषद्वारा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफू सरकार छाड्न तयार रहेको बताएका हुन्।

‘मन्त्रिमण्डल निर्माण गर्दा हामीलाई छ महिनाका लागि तोकिएको थियो, तर हामीले त आठ महीना खान पायौं अर्थात् दुई महिना त हामीले ग्रेस पाइसक्यौं‚’ मन्त्री आलेले भने,‘मैले मेरो पार्टीका आदरणीय नेता माधव नेपाललाई अरू साथीहरूलाई मौका दिन चाहनुहुन्छ भने दिनुस् म खुसी छु भनेर सहमति दिइसकेको छु।’

नेकपा एकीकृत समाजवादीले साेमबार आफ्नाे पार्टी मन्त्री हेरफेर गर्ने प्रधानमन्त्रीलाई सिफारिस गरेका थियाे। तर, तत्काल मन्त्रीमण्डल पुर्नगठन गर्न प्रधानमन्त्रीले नमानेपछि राेकिएकाे छ।

प्रकाशित मिति: : 2022-06-07 12:49:00

प्रतिकृया दिनुहोस्