केबलकार विवाद- गृहमन्त्रीसँग कांग्रेस कोशीका १४ जिल्ला सभापतिको छलफल

Break n Links
Break n Links

गृहमन्त्री रमेश लेखकले पाथीभरा (मुकुमलुङ) क्षेत्रमा केबलकार निर्माणका क्रममा देखिएको विवादका बारेमा कोशी प्रदेशका १४ जिल्लाका कांग्रेस सभापतिहरूसँग छलफल गरेका छन्।

मंगलबार बिहान जिल्ला सभापतिहरूसँग गृहमन्त्री लेखकले विवादको कारण र समाधानका उपायबारे छलफल गरेका हुन्। जिल्ला सभापतिहरूले गृहमन्त्रीलाई  संवादका माध्यमबाट विवाद समाधान गर्नुपर्ने सुझाव दिएका गृहमन्त्रालय स्रोतले बतायो।

यता सरकारी वार्ता टोलीले र आन्दोलनरत पक्षसँग वार्ता सुरु गरिसकेको छ। सोमबार साँझ भएको वार्ता निष्कर्षविहिन भएपछि मंगलबार फेरि वार्ता हुँदैछ।

गत माघ १२ गते ताप्लेजुङको फुङलिङ नगरपालिका-११, बलुडाँडामा सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडप भएपछि पूर्वी नेपाल तनावग्रस्त बनेको छ। केही सुरक्षाकर्मी र प्रदर्शनकारी घाइतेसमेत भएका थिए।

‘नो-केबलकार’ पक्षले केबलकारको निर्माण तत्काल स्थगित गर्नुपर्ने र पक्राउ परेका आन्दोलनकारीहरूको बिनासर्त रिहाइ गरिनुपर्ने माग राखेका छन्।

प्रकाशित मिति: : 2025-02-04 12:04:00

प्रतिकृया दिनुहोस्